समवेदना
समबेदना
विद्वान लक्ष्मी गुरूको स्मृतिमा
हाम्रो ग्राम वरिष्ट विज्ञहरुको सद्भाव थीयो जहाँ ।
विद्वत्ता अति चम्किलो र भरिलो गम्की रहन्थ्यो यहाँ ।।
हस्ती एक थिए विशाल प्रतिभा सत्पात्र नेपालका ।
के ले आज चटक्क अन्त हुनगो लक्ष्मी हराए कता ।।१।।
हिड्थ्यौं हामी सधै सगै मिलि जुली एकाहको पर्वमा ।
पढ्थ्यौ भाग गरी अनेक थरिका नाना कथा सिर्जना ।।
रोलीमा पनि हामिमा गहकिला लक्ष्मी गनिन्ये जव ।
त्यस्तो उज्वल ज्योति आज नहुदा निस्ताउने भो सब ।।२।।
जस्ले आज विशाल यो जगतको लीला तजी गै गयो ।
सारा ती परिवारलाई विचरा दावानलै भै गयो ।।
वस्ता हुन् टुहुरा जहान घरमा अन्धा सरी भै कन ।
खोक्रो त्यो घरनै उजाडÞ हुन गो बस्ने छ के साधन ? ।।३।।
आफ्नो काम सकेर साथिहरुको सद्भाव गर्थे उनी ।
साथीलाइ सघाउना कन पनि तल्लीन हुन्थे उनी ।।
हामीलाई रिझाउनाकन उनी मीठा कुरा गर्दथे ।
सारा शार खिचेर भागवतका राम्रा कथा भन्दथे ।।।४।।
हाम्रो टोलि थियो विशिष्ट गनिले हामी घमण्डी थियौ ।
ठूला काम परे पनी सहजनै सिध्याउने गर्दथ्यौं ।।
खोरण्डा सरि भै गयौं किन भने त्यो दिव्य हस्ती गयो ।
टुहुरा पनि भै गयौं सबजना हाम्रो सहारा गयो ।।५।।
अव दिन कसरी पो काट्नू के गरेर ।
गहन मन रुलाई यो बिलौना गरेर ।।
विरह कति अगालौं फर्कने छैन साथी ।
जन मन मुरझायो हो र के जिन्दगानी ।। ०।।
डि.पी. गौतम