प्रकाशनहरूमा फर्कनुहोस्

त्यो क्षण

July 11, 2026
कविता/मुक्तक (Poem)

त्यो क्षण

त्यो श्रृङ्गार विशाल रम्य सुरमा आँखा भरी देख्त छु ।

चंक्यों चट्ट टिका ललाट विचमा विन्दूसरी ठान्दछु ।

झुम्का नाचि रहेछ कान दुइमा आखाभरी गाजल ।

लाली ओठ मसक्क मस्किन गयो छल्क्यो जवानी अव ।।

 

लामा रम्य सुडोल बाहुतिरको छम् छम् चुरीको स्वर ।

फूकेको छ नितम्व सुन्दर उता त्यो बारुले कम्मर ।

आयौ मस्त छचल्किदै अब तिमी लाग्यौ जवानी तिर ।

एही रूप त दुःख दिन्छ नि सदा मेरो निशाना तिर ।।

 

छातीमा हिमश्रृंखला लहवरी खेलेसरी देख्तछु ।

नाभीमा त्रिवली त्रिपुण्ड सरिका रेखा उता हेर्दछु ।

चंक्यो सुन्दर मेखला विचमहाँ मोती टपक्कै सरी ।

कस्तो सुन्दर जङ्गलै विच भयो उद्यान ज्योती भरी ।।

 

एस्ती रुपवती विशाल नयना मेरो अगाडी परिन् ।

हाँसी मन्द मुहारले वरिपरी हेरी इसारा गरिन् ।

लागिन् ती अलकापुरी सरि ठुलो त्यो रम्य उद्यानमा ।

छाया झैं पछिलागि जानु परिगो मैले उनै साथमा ।।

 

आँखाका करकाइमा मधुरता नान्ची रहेको थियो ।

लाली ओठ मुसुक्क फुस्किन गर्न आभा घरेको थियो ।।

लम्वा केश घुमाई फूल सरिको गुच्छा शिरैमा छ है ।

साह्रै रुपवती अती गुणावती यी उर्वशी हुन्कि है ।।

Compare Queue 0/2