प्रकाशनहरूमा फर्कनुहोस्

चरीको विलाप

July 11, 2026
कविता/मुक्तक (Poem)

चरीको विलाप

हान्यौ आज मलाई तीर बलले निष्ठुरी ! हे मानव !
यो बेहाल गर्‍यौ निषाद तिमिले बिग्रेछ तिम्रो न त ..
आफूँ चेतनशील हौ र पनि यो के क्रूरता गर्छौ ? .
तिम्रो काम परोपकार, किन हो यो धृष्टता गर्छौ ? ..

सानो गुँड महाँ ति बाल बचरा पालेर बस्थे म ता .
सुत्केरी म छु पाल्नू छ बचरा यै काम आएँ यता ..
पार्यौ जालमहाँ लडेँ म यसरी भाले कता जानु भो .
थाहै छैन कठै ! मरे नि बिचरा सम्झी नसक्नु नि भो ..

यस्तो हाल मलाई पारि तिमिले के पाउछौ मानव !
छाडी द्यौ न ! निषाद ! आज तिमिले पाल्ने छु ती बालक ..
पाली ताली बढाई छाडि टुहुरा फर्केर मै आउँला .
स्वामीलाई बुझाई दीन बिचरा सम्झेर नै धाउँला ..

मेरो मर्म सबै बुझेर तिमीले यौटा पुकारा सुन .
नारीको कति दुःख हुन्छ जगमा सम्झी मनैमा गुन ..
ती सन्तान छुटे बिछोड हुन गो को पालि देला सब ?
स्वामी लाई बुझाउनै पनि कठै ! पाईन मैले अब !

सम्झी सम्झी मलाई खोजि अहिले स्वामी रुनुभो कति .
खोजी खोजि थकाइले पनि कठै ! हैरान होला कति ..
आमाको गरि सम्झना ती बचरा गर्छन् विलौना कति .
चारो खान नपाई बाल बचरा भोकै बसे हुन् कति ..

Compare Queue 0/2