Your Suggestions
Click on any field with a pencil icon to suggest an edit.
How to Suggest an Edit (सुझाव कसरी दिने)

Click on any field below that has a pencil icon to suggest an edit. The change will be added to your Suggestion Cart. Once you're done, click the orange cart icon to submit!
कुनै पनि विवरण परिवर्तन गर्नुपरेमा त्यसको छेउमा रहेको पेन्सिल आइकनमा क्लिक गर्नुहोस्। परिवर्तनहरू सुझाव कार्टमा थपिनेछन्, त्यसपछि सुन्तला रङको कार्ट आइकनमा क्लिक गरी पठाउनुहोस्।

About

  • नामदासु भट्ट
  • पुस्ता नं.101
  • Gender Male
  • जीवनसाथी Unknown
  • Alive Status Deceased

Parents

  • Father -
  • Mother -

Paternal Lineage (वंश)

  • Grandfather -
  • Grandmother -

Remarks

दाहाल वंशका प्रथम-पुरुष

गोत्र: वत्स गोत्र (वत्स ऋषिका सन्तान भएकाले दाहालको गोत्र वत्स रहन गएको हो ।)

सगोत्रीहरू: राणा, लम्साल, कुँवर, रुपाखेती र झा

आदि पुरुष: दासु भट्ट (दैलेखको दुल्लु, दहगाउँलाई मूल उद्गम स्थल मानिन्छ)

कुल देवता: अग्निवेताल, ब्रम्हवेताल, बालामष्ट, बसन्तमाला आदि

ऐतिहासिक तथ्यांक अनुसार दाहाल वंशका आदि पुरुष दासु भटृ हुन । दासु भटृ ई.सन् १५२६ तिर वर्तमान भारतको गुजरात प्रान्तमा पर्ने “वढ बिहार राज्यको” राजा थिए । ई.सन् १५२६ मा तैमुर वंशका जाहिरुद्धिन मोहम्मद “बाबर” ले मुगल साम्राज्यको स्थापना गरेका थिए तर पछि उनले आफ्नो विशाल राज्यलाई आफ्ना ३ भाई छोराहरुमा बांडी दिएका थिए । पंजाप, काबुल र कन्दहार माईला र कान्छाका भागमा परेको थियो भने तत्कालिन बढ बिहार रहेको क्षेत्र बाबरका जेठा छोरा हुमायुको भागमा परेको थियो । उनी दिल्लीका शासक थिए । ई.सन् १५३० मा हुमायुका पिता बाबरको मुत्यु पश्चात हुमायुले आफ्ना भाईहरु लगायत आफ्नो साम्राज्यका अन्य राजा रजौटाहरु समेतलाई अनेक किसिमको दुःख दिई लखेट्ने, आफ्नो धर्ममा समाहित गराउने खालका दमनको निती अवलम्वन गर्न थाले । दिल्लीका बादशाहा मुगल सम्राट हुमायुले (१५३० देखि १५५६ शासन काल) ई.सन् १५५३ तिर दासु भटृ भटृको राज्य लुटी राज्यच्यूत गराएपछि उनी परिवारका साथ नेपालको दैलेख जिल्लाको दुल्लू गाउं (तात्कालिन विलासपुर) आई वसे । (दासु भटृ नेपाल आएको कहिले हो ट्याली गर्ने) दुल्लूमा बसोवास गरिरहेकै अवस्थामा विलासपुरका राजाको छोराको व्रतबन्धको निम्ता मान्न व्रतबन्ध स्थलमा गएका थिए र त्यहां पुगी वेदीमा (होम गर्ने ठाउंमा) बालेको आगो अशुद्ध भयो भनि वैदिक मन्त्रका शक्तिले दासु भटृले अग्नी पैदा गरी आगो बालेको देखी यी सच्चा ब्राम्हण रहेछन् भनि विलासपुरका राजाले राज पुरोहित बनाई बुढा गाउं र दाहा गाउं समेत बिर्ता बकस दिई स–सम्मान राखेका थिए ।

दासु भट्टका पछिल्ला पुस्ताहरू नेपालका विभिन्न क्षेत्रमा बसोबास गर्ने क्रममा भौगोलिक थलो र वैवाहिक सम्बन्धका आधारमा मुख्य तीनवटा हाँगा (थर) मा विभाजित भए: 

  1. दाहाल (मूल हाँगो): दहगाउँमा नै बसेका र त्यहाँबाट पूर्वतर्फ बसाइँसरेका दासु भट्टका सन्तानहरू 'दाहाल' कहलाए। 
  2. लम्साल (लम्सली): दासु भट्टका सन्तानमध्ये जुन शाखा लम्सु गाउँमा गएर बसोबास गर्‍यो, उनीहरू 'लम्साल' का रूपमा चिनिन थाले।
  3. कुँवर र राणा: दासु भट्टकै एक सन्तानले तत्कालीन समयमा मगर जातकी कन्या (मतवाली) सँग वैवाहिक सम्बन्ध राखेका कारण समाजले उनलाई 'कु-वर' (पछि कुँवर) भन्न थाल्यो। तिनै कुँवर शाखाका बालसिंह (बालनरसिंह) कुँवरका छोरा जङ्गबहादुर कुँवरले वि.सं. १९०३ को कोतपर्वपछि 'राणा' उपाधि धारण गरे। यसरी दाहाल, लम्साल, कुँवर र राणा एउटै पुर्खा (दासु भट्ट) का सन्तान भएकाले उनीहरूको गोत्र 'वत्स' एउटै रहेको हो।

Membership History

No memberships yet

Organization Membership

No board memberships yet

Person Events

No person events yet

Key details

नामदासु भट्ट
पुस्ता नं.101
जीवनसाथी No Spouse
बुबा—
आमा—
हजुरबुबा—

No siblings in the database yet.

No cousins found.

Compare Queue 0/2